धुर्मुस-सुन्तली फाउन्डेसनलाई स्काउटको साथ.

काठमाडौं–नेपाली कलाकारिता क्षेत्रका चर्चित हास्यकलाकार जोडी सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको धुर्मुस–सुन्तली फाउन्डेसनले भूकम्प पश्चात प्रभावित भएकाहरुलाई एकीकृत नमूना वस्ती निर्माण कार्य गर्दै आएको छ ।
हाल यस फाउन्डेसनले तामाङ्ग समुदायको बाहुल्यता रहेको सिन्धुपाल्चोकस्थित गिरानचौरमा ६५ वटा घर निर्माण गरिरहेको छ । यस अभियानमा अन्य सामाजिक संस्थादेखि लिएर व्यक्तिहरुले समेत यस कार्यमा साथ दिँदै आएका छन् ।




भूकम्प लगतै उद्दार र राहतमा खटिएको नेपाल स्काउटको एक टोली यतिबेला त्यस ठाउँमा श्रमदान गर्न पुगेको छ । स्काउट लिडर राजिव खत्रीको नेतृत्वमा २५ जनाको टोली एकिकृत नमुना बस्ति निर्माणका लागी उक्त स्थानमा पुगेका हो ।
नेपाल स्काउटका ६ वटा क्र्यूका रोभर रेन्जर स्काउटले श्रमदान गरिरहेका छन् । करिब १० दिनका लागि भनेर गएका कुमारीगाल स्काउट ओपन युनिट, मछिन्द्र क्र्यू, नोदन क्र्यू, सचेतना स्काउट क्र्यू, नेसनल ओपन क्र्यू, गोकर्णेश्वर ओपन स्काउट क्र्यूका सदस्यहरु बिहानीको झिसमिसे देखि साझको मिर्मिरेसम्म बेल्चा, कोदालो, ट्रली र डोको प्रयोग गरी ढुंगा बोक्ने, गिटी, बालुवा र सिमेन्टको मसाल बनाउने र ओसार्ने काममा व्यस्त रहेका छन् ।
दशैँको घटस्थापनासम्ममा हस्तान्तरण गरिने योजनाले अगाडी बढेको उक्त परियोजनाबाट करिब ६५ परिवारका ४०० जना लाभान्वित हुने छन् । उक्त स्थानमा बस्ने बासिन्दाका लागी केवल बस्ने बास मात्र नभएर बाटो, खानेपानी र विजुलीको पनि राम्रो व्यवस्था गराउने फाउन्डेसनका परियोजना संयोजक अर्जुन न्यौपाने बताए ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment