![]() |
उनीहरुले दुई महिना अघि आमालाई पोखरीकाँडा–३ स्थित रतुरायको जंगलमा रहेको ओडारमा लगेर छाडेको गाउँलेले जनाएका छन् । जंगलको ओडारमा लगेर छाडेको थाहा पाएपछि अधिकारीलाई सालकोट गाविसको विशेष पलहमा तीन दिन अघि उद्धार गरिएको सालकोट गाविसका सचिव तिलकराम अधिकारीले बताउनु भयो ।
वृद्ध आमालाई अमानवीय व्यवहार गरेको भन्दै गाउँलेले उनीहरुलाई सालकोटको पलैटेमा सार्वजनिका रुपमा कान समातेर उठबस गराइएका हुन् । आमा बिरामी भएपछि दिसा पिसा गराउन अप्ठ्यारो भएको, स्याहार गर्न समस्या भएको, दिसा गनाउने भएकोले ओडारमा लएर छाडेको उनीहरुले बताएको गाउँलेले जनाएका छन् ।
उद्धारपछि आमा बाटुलाई अहिले जेठा छोरा बुहारीको जिम्मा लगाइएको छ ।
जंगलको ओडारमा बसेपछि झनै बिरामी भएर आमा बाटु हिँडडुल गर्न र बोल्न नसक्ने अवस्थामा पुग्नु भएको छ । स्रोत: उज्यालो अनलाइन
![]() |


0 comments:
Post a Comment