![]() |
पी
तपाईंले प्रश्नमा उल्लेख गर्नुभएको विवरणको आधारमा तपाईंको साथीलाई भारतीय उपमहाद्वीपमा हुने ‘कल्चर बाउन्ड सिन्ड्रोम’ भएको बुझ्न सकिन्छ । यसलाई धात सिन्ड्रोमको नामले पनि चिनिन्छ ।
पूर्वीय दर्शनमा वीर्यको तुलना रगतसँग गरिन्छ । सय थोपा रगत बराबर एक थोपा वीर्य हुन्छ भन्ने मान्यता छ । यसले गर्दा पनि स्वप्नदोष हुँदा या हस्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन् । यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फूर्तिलो बनाउँछ । पछिल्लो समयमा चिकित्सकहरूले हस्तमैथुन गर्न हौसाइरहेका छन् । बढ्दो एचआईभी संक्रमण, यौन रोग, बलात्कारका घटना कम गर्न युवाहरूलाई हस्तमैथुन गर्न प्रेरित गरिएको छ ।
वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो । पिच्चपिच्च थुकिरहे पनि मुख सुख्खा हुने गरी कहिल्यै सुक्दैन । वीर्य स्खलन भएर सकिने चिज पनि होइन । अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ । अण्डकोष निश्चित भाग जसमा वीर्य बस्ने गर्छ त्यो भाग भरिएपछि यो बाहिर निस्कन्छ । यौन सम्पर्क नगरेको लामो समय भयो वा हस्तमैथुन पनि गरेको छैन भने अण्डकोषमा जम्मा भएको वीर्य स्वप्नदोषमार्फत स्खलित हुन्छ । यो एकदमै सामान्य प्रक्रिया हो । वीर्य पतनबाट कुनै पनि किसिमको शारीरिक वा मानसिक हानि हुन्छ भन्नु क लागेको मानिसले खाना खाएर वा निद्रा लागेको मानिसलाई सुतेर हानि हुन्छ भन्नुजस्तै हो ।
वीर्य पतन तथा हस्तमैथुनसम्बन्धी भ्रमले धेरैले दुःख पाउने गरेका छन् । यसले चिन्ता तथा उदासीपनको समस्या ल्याउने गरेको छ । यौन चाहना मेटाउने सुरक्षित उपाय हस्तमैथुनलाई जसरी भ्रमको भुमरीमा पारिएको छ त्यसै गरी स्वप्नदोष हुँदा कमजोर भइन्छ, अल्छी लाग्छ, काममा जोशजाँगर हुँदैन भन्ने भ्रम छरिएको पाइन्छ । हस्तमैथुन नगरी बस्न पनि नसक्ने, गर्दा पनि केके न बिराएँ भनी चिन्ता गर्नेको ठूलो जमात छ । हस्तमैथुन गरेकै कारण वा स्वप्नदोष भएकै कारण कुनै मान्छे दुब्लाउँदैन ।
यसका कारण कुनै कमजोरी सिर्जना पनि हुँदैन । तपाईंको साथीलाई एक पटक मनोचिकित्सकोमा उपचारका लागि लानुपर्ने हुन्छ । स्वप्नदोषलाई गलत तरिकाले बुझेका कारण सिर्जना भएको चिन्ता तथा उदासीपनको उपचार गर्नुपर्ने हुन्छ । यही कारणले यौन सम्पर्कमा रुचि नभएको हो । यसको उपचार भएपछि तथा स्वप्नदोषबारे परामर्श उपचार गरेपछि उहाँको समस्या निको हुन सक्छ
![]() |

0 comments:
Post a Comment