मोवाइल नम्बरको अन्तिम अंक फरक पर्दा आफन्तलाई पठाएको डेढ लाख अर्कैले झिकेर फरार -पुरा जानकारी ....>

खोटाङ, साउन ४ । आफन्तलाई पठाएको रकम अर्कैले झिकेर बेपत्ता भएपछि खोटाङको बड्कादियाले–१ का नरेश राई समस्यामा परेको छ । गएको जेठ–१२ गते हाम्रो खोटाङ कम्पनी दिक्तेलबाट आइएमई गरेर काठ्माडौं एकान्तकुना बस्ने काका नकुल राईलाई पठाएको एक लाख ५० हजार रुपैयाँ रकम अर्कैले झिकेर बेपत्ता भएपछि राई अप्ठ्यारोमा परेको हो ।



आइएमईबाट रकम पठाउनेक्रममा नकुलको मोवाइल नम्बरको अन्तिम नम्बर फरक परेका कारण त्यो रकम फापरबारी–७ मकवानपुरका सरोज तिमल्सेनाले झिकेर गएको पीडित राईले बताए । नरेशले आइएमई गरेको रकमका विषयमा दिइएको जानकारी भुलवस तिमल्सेनाको मोवाइलमा फोन गएपछि तिमल्सेनाले कागजात मिलाएर रकम झिकेको पीडितको भनाई छ । ‘मेरो नाम उल्लेख हुनुपर्नेमा नकुल राईको नाम उल्लेख भएको’ भन्दै तिमल्सेनाले दाबी गरेपछि हाम्रो खोटाङ कम्पनीकै अनुमतीमा रकम दिइएको काठमाडौंस्थित नमस्ते रेमिटले जवाफ दिएको राईले बताए । आफन्तलाई पठाएको रकम बेपत्ता भएपछि पीडित राईले खोजीकालागि जिल्ला प्रशासन कार्यालय, प्रहरी, स्थानीय शान्ति समिति र उद्योग बाणिज्य संघमा उजुरी दिएको छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment