![]() |
थाहापाउनुहोस् के खुवाउँदा राति उनिहरुलाई राम्रोसंग निन्द्रा आउँछ ।
एक गिलास दूधः दिमागमा रहेको मेलाटोनिन हाँमोनले राति सुत्नमा मद्दत गर्छ । यो मेलाटोनिन हर्मोन धेरै खाध्य पदार्थमा पाइन्छ । त्यसैले ती खानेकुराहरु खुवाउनुहोस । आफनो बच्चालाई जस्मा मेलाटोन् हर्मोन हुन्छ । राति बच्चालाई एक गिलास दूध पिलायौँ भने राति निदाउनुमा त्यसले मद्दत गर्छ ।
केराः रातिको समयमा बालबालिकालाई केरा खुवाउनु भयो भने विना कुनै झन्झट उनीहरु सजिलोसँग निदाउन सक्छन् ।
ओट्सः ओट्स खाँदा शरीरमा प्राकृतिक मेलाटोनिन उत्पादन हुनुका साथै मुटुलाई पनि स्वस्थ राख्न् मद्धत गर्छ । राति भातको ठाउँमा ओट्स खुवाउँदा आरामको निन्द्रा निदाउन सकिन्छ ।
भुइँकटहरः केरा र ओट्स भन्दा पनि बढी मेलाटोनिस हुने भएकाले बालबालिकालाई यो पनि रातिको समय खुवाउन सकिन्छ । स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।
ओखरः सुत्नुभन्दा अगाढी बालबलिकालाई ओखर खुवाउँदा यसले धेरै फाइदा गर्छ । थोरै मात्रामा सधै बालबलिकालाई यो खुवाउन सकिन्छ ।
अंगूरः मेलाटोनिस हर्मोन अंगूरमा पनि पाइने भएकाले बच्चाहरुलाई अंगूर खुवायो भने राम्रोसँग निदाउन सकन्छि । यसबाट निदाउने समय पनि नियममित हुन जान्छ ।
आजका आमाबाबुले एउटा कुरा सधै विचार गर्नुपर्छ कि कहिल्यै पनि बच्चाहरुलाई खालि पेट सुताउनु हुँदैन । किनभने भोकै पेटमा कहिलै पनि निन्द्रा लाग्दैन ।
![]() |

0 comments:
Post a Comment